आजकै दिन उखुबारीमा भेटिएको थियो निर्मलाको अर्धनग्न मृत शरिर

दियो पोस्ट  

काठमाडौँ, साउन ११ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया निर्मला पन्तको शव भेटिएको आज एक बर्ष बितेको छ । आजकै दिन अर्थात गत साउन ११ गते उनको मृत शरिर अर्धनग्न अवस्थामा उखुबारीमा भेटिएको थियो ।

घरबाट साथिकोमा पढ्न गएकी निर्मला पन्त साउन १० देखि वेपत्ता भएकी थिइन् । छोरी घर नआएपछि निर्मलाका परिवार र स्थानियहरु खोजि गर्न निस्किएका थिए । उनिहरुले नजिकैको उखुबारीमा अर्धनग्न अवस्थामा मृत शरिर मात्र फेला पारे । कुलोनजिकै शरिरको केही भाग माटेमा लतपत्तिएको अवस्थामा उनलाई भेटियो । उनलाई बलात्कार पछि हत्या गरि त्यहाँ फालिएको थियो ।

प्रहरीले घटनाको मुचुल्का उठाउने क्रममै प्रमाण नष्ट गर्यो । घटनास्थलमा आएकी एक महिला प्रहरीले निर्मलाको शरिरबाट शुरुवाल फुकालेर पानीमा पखालेकी थिइन् । उनले निर्मलाको योनी समेत पानीले पखालिदिएकी थिईन् ।

घटनको सुरुवातमै प्रमाण मेटाउने काम भएपछि एक बर्ष बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकिएको छैन । प्रहरीले निकै मेहनत गरेर अपराधी पत्ता लगाउन अनेक उपाय अपनायो तर सुँइको सम्म पाउन सकेन । सरकारले सिआइबी लगायत उच्च स्तरिय छानविन टोली नै बनाएर घटनाको अनुसन्धान गर्यो तर नतिजा शुन्य ।

सरकारले निर्मलाको हत्यारा पत्ता लाग्ने तर समय लाग्ने अभिव्यक्ति पनि दिएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पनि निर्मलाको न्यायका लागि प्रहरीले अनुसन्धान जारि राखेको बताएको छ ।

यो पनि:-

निर्मला हत्या प्रकरणमा दिलिप सिंह विष्टको सिआइबीसँग बयान

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।