नेपाली काँग्रेस विपीका उपसभापती भन्छन– ‘नेपाली काँग्रेस स्वार्थीहरुको झुण्ड हो’

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ११ । नेपाली काँग्रेस (विपी)का उपसभापती झलक वाग्लेले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई ‘स्वार्थीहरुको झुण्ड’ को संज्ञा दिएका छन् । एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै उपसभापती वाग्लेले काँग्रेसका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा सहभागीता जनाएपनि सरकारको निर्णयमा कुनैपनि विरोध गर्न नसकी निरिह भएर बसेको आरोप लगाए । संसदमा प्रतिपक्षी दल कमजोर हुँदा सत्ताले मनलाग्दी ढंगले निर्णय गर्ने बताउँदै त्यसको विरोध गर्नका लागि काँग्रेसले अवरोध गर्न नसकेको बताए ।

काँग्रेसले इतिहासका कुरा मात्र गर्ने तर जनताको पक्षमा उपलब्धीमुलक कामहरु गर्न नसकेको बताए । संगठनहरु भताभुंग भएको र नेताहरु संगठन सुधारका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको भन्दै जनताको आशा भरोसा गुमाउँदै गएको ठोकुवा गरे ।

सम्बन्धित खबर

सिफारिस