विप्लव माओवादीको कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ

दियो पोस्ट  

काठमाडौँ, साउन १२ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन् । विकलाई  गएराति कास्की प्रहरीले पोखराको फनपार्क नजिकैबाट पक्राउ गरेको हो ।

सरकारले विप्लव माओवादीलाई शक्तिहिन बनाउनका लागि जिल्ला सेक्रेटरीहरुको पक्राउ अभियानलाई तिब्र बनाएको देखिएको छ । यता विप्लव माओवादीले भने आफ्ना कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि सरकारको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा नै गरेको छ ।

शनिबार नै जारि गरिएको विज्ञप्तिमा साउन १५ गते नेपाल बन्दको आह्वान गरिएको छ । यसअघि साउन ४ गते उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको थियो । सरकारले बार्ताको ललिपप देखाउँदै आफ्नो कार्यकर्ताहरुको धरपकड गरेको आरोप लगाएको छ ।