भारत मुम्बई शहरका धेरै ठाउँ डुबानमा, रेलसेवा र दर्जनौं उडान स्थगित

दियो पोस्ट  

काठमाडौं, साउन १२ । भारतको मुम्बई शहरका अधिकांश स्थान लगातारको भारी वर्षाका कारण डुवानमा परेका छन् ।

२४ घण्टासम्म परेको वर्षा कारण शहरका अधिकांश स्थान डुवानमा परेका त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

नदीहरुको जलस्तर बढ्दा मुम्बई आसपासका बदलापुर, सल्लाहनगर, बांगणी क्षेत्रका अधिकांश भाग डुबेका हुन् ।

वर्षाकै कारण मुम्बईको रेलसेवा र दर्जनौं उडान स्थगित गरिएका छन् । बदलापुर र वांगणीबीचको रेल–वे को ट्रयाक पानीका डुब्दा रेलभित्र फसेका १ हजारभन्दा बढी यात्रुलाई उद्धार गरिएको छ ।

महालक्ष्मी एक्सप्रेसमा रहेका यात्रुलाई १२ घण्टाको प्रयासपछि हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ ।

यात्रुलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजान दर्जनौं डुंगा र दुई वटा वटा हेलिकोप्टर प्रयोग गरिएको थियो ।

अत्यधिक वर्षा हुँदा मुम्बई र आसपासका क्षेत्र हरेक वर्ष डुवानमा पर्दै आएका छन् ।

३ साताअघि पनि अत्यधिक वर्षाका कारण मुम्बई शहरको जनजीवन अस्तव्यस्त बनेको थियो । एजेन्सी