बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठले सपिङ मलबाट हामफालेर आत्महत्या गरे

दियो पोस्ट  

काठमाडौं,साउन १२ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले बालाजुको माछापोखरीस्थित सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् । उनले दिउँसो एक बजेतिर आत्महत्या गरेको बताइएको छ ।

उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ । श्रेष्ठको मृत्यु आत्महत्या हो वा होइन भनेर अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

सिफारिस