एक वफादार कुकुर जसले आफ्नो मालिकको मृत्युस्थल छोड्न मानेन

एक वफादार कुकुर जसले आफ्नो मालिकको मृत्युस्थल छोड्न मानेन

एजेन्सी । पश्चिम ग्रीसको एक शहरमा अनौठो घटना भएको छ । कार दुर्घटनामा परेर एक धनाढ्य व्यक्तिको मृत्यु भयो । ह्यारिश नाम गरेका उक्त व्यक्तिको दुर्घटनास्थलमा उनले पालेको कुकुर दिनरात बसिरहने गरेको स्थानियहरुले बताउँदै आएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्थानिय बासिन्दाहरुले सो कुकुरलाई आफ्नो आफ्नो घरमा लगेर समेत राखेका भएपनि एकैछिनमा सोही ठाउँमा फर्केर आउने गर्दथ्यो । ह्यारिसको दुर्घटना हुँदा उनको साथमा कुकुर नभएको पनि स्थानियहरुले बताएका छन् ।

दुर्घटनास्थल कुकुरलाई कसरी थाहा भयो भन्ने विषय निकै रहस्यमय बनेको छ । दुर्घटनास्थल छोड्न नमानेपछि स्थानियहरुले कुकुरका लागि सानो घर बनाइदिएका छन् । कुकुर सँधै रोडतर्फ फर्केर बस्ने गरेको स्थानियहरुले बताएका छन् ।

घटना रहस्यमय भएपछि त्यहाँका संचार त्यसको प्रकाशन र प्रसारण गरेका छन् ।

Trending News