काठमाडौं,साउन १५ । हिन्दु नारीहरुको महान चाढ हरितालिका तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीत गाउने गायक गायीकाहरुबीच एल्वम निकाल्ने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा सुमधुर स्वरकी गायीका स्वरुपा रसाइलीले नयाँ तीज गीतको संगालो ‘बारीको फुल’ बजारमा ल्याउने तयारी गर्दैछिन् ।
भोलि श्रावण १६ गते देखि बजारमा आउने भनिएको गीतको अडियो भिडियो निर्माण कार्य सकिएको गायीका स्वरुपा रसाइलीले जानकारी दिइन् । गत वर्ष ‘मिठो सम्झना’ नामक तीज गीतबाट चर्चामा रहेकी रसाइलीले यसपाली भने छुट्टै खालको गीत लिएर आएकी हुन् ।
उनका दाजु बिबि अनुरागीको शव्द तथा संगीत रहेको गीतमा आमा पबित्रा रसाइलीको पनि स्वर सुन्न सकिन्छ । पारिवारिक माहौलमा तयार भएके गीत संदेश मुलक रहेको बताइएको छ ।