
काठमाडौँ, असार २८ । काठमाडौँ उपत्यकामा थप २८ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत उपत्यकामा थप २८ जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी दिएको हो ।
काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २÷२ जना संक्रमित भेटिएका छन् ।
बिहीबार देशभर थप ४ सय ७३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जा
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।