
एजेन्सी । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजिनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति इमानुएल म्याक्रोसमक्ष राजिनामा पत्र बुझाएका हुन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनको राजिनामा पत्र राष्ट्रपति म्याक्रोले स्वीकृत समेत गरिसकेका छन् ।
प्रधानमन्त्री फिलिपले बुझाएको राजिनामा पत्रमा राजिनामा गनुृको कारण भने नखुलाइएको संचारमाध्यमहरुले जनाएका छन् यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण प्रधानमन्त्री र सरकारको राजीनामा आएको हुन सक्ने बताइएको छ ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यो सरकारले नै आफ्नो काम गर्नेछ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ । यद्यपि राजीनामा दिएका प्रधानमन्त्री पुनः सोही पदमा दोहोरिन सक्ने बताइएको छ ।