नारायणकाजीको आग्रहः ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने झुठा प्रचार नगरौँ’

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति बिरुद्ध महाअभियोग लगाउन लागिएको विषयको खण्डन गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले आफुलाई पदबाट हटाएर राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भएको बताएका थिए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीकै भनाई तर्फ इंगित गर्दै सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस