
काठमाडौँ, असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे । क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए ।
छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । २७ औं मिनेटमा पुलिसिचले गोलसंगै चेल्सीको अग्रता दोब्बर भयो ।तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २–१ ले अघि रह्यो ।
खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३(१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा अब्राहमले गोल गरे ।त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३(२ गोल अन्तरले बिजयी भयो ।
जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो ।
चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ । एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।