शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणः सलमान खान र करण जोहरबिरुद्धको मुद्धा खारेज

शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणः सलमान खान र करण जोहरबिरुद्धको मुद्धा खारेज

एजेन्सी । अभिनेता शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणमा मुछिएका वलिउडका कलाकार तथा निर्माताहरु बिरुद्धको मुद्धा खारेज भएको छ । शुसान्त सिंह राजपुतको आत्महत्याको जिम्मेवार ठहर गर्दै सलमान खान, एकता कपुर, सञ्जय लिला भंसाली र करण जौहर बिरुद्ध जाहेर गरिएको मुद्धा अदालतले खारेज गरेको हो ।

भारतीय संचारमाध्यमहरुका अनुसार बिहारको एक अदालतले बुधबार नै उक्त मुद्धा खारेज गरिदिएको हो । उक्त मुद्धा अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै खारेज गरेको बताइएको छ ।

अभिनेता शुसान्त सिंह राजपुतले आत्महत्या गरेको तीन दिनपश्चात स्थानीय मुकेश कुमार ओझाले अभिनेत्री कंगना रेनौटलाई साक्षी राखेर सेलिब्रेटीहरु बिरुद्ध मुद्धा दायर गरेका हुन् । शुसान्तको आत्महत्यापछि वलिउडमा व्याप्त नेपोटिजम् र फेभरेटिजम्को विषयमा सतहमै बहस हुन थालेको हो । कैयौँ भारतीय दर्शकहरुले सलमान खान, करण जौहरलगायतको चर्को बिरोध गरे ।

Trending News