काठमाडौँ, असार २८ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा बनेका छन् । आइतबार सामाजिक संजालमार्फत छोरी मानुषीलाई पुत्रलाभ भएको जानकारी गराएका हुन् ।
‘बल्ला हजूरबा भैयो ! छोरी मानुषी र ज्वाईँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ । आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ !’ उनले सामाजिक संजालमा उल्लेख गरेका छन्, टिचिङ अस्पतालमा सफल अपरेसनका लागि डा. गीता गुरुङ र सम्पुर्ण टिमलाई धन्यवाद ।’