नेप्से ९ दशमलव २ अंकले बढ्यो, १ अर्बको कारोबार

दियोपोस्ट संवाददाता

काठमाडौं, असार २८ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ९ दशमलव शून्य २ अंकले बढेको छ । साताको पहिलो दिन आज शून्य दशमलव ६८ प्रतिशत बढेर नेप्से परिसूचक १ हजार ३४० दशमलव २९ विन्दुमा पुगेको हो ।

१७९ ओटा कम्पनीको १६ हजार ८२६ पटकको व्यापारमा आइतवार १ अर्ब ११ करोड १० लाख ९० हजार बराबरको २६ लाख ७८ हजार ५०७ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबारमा सबैभन्दा बढी हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । यस दिन नेपाल लाइफको सबैभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल लाइफको रू १६ करोड ५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो ।

सम्बन्धित खबर

सिफारिस