‘इटालियन सिरि ए’ फुटबलः इन्टर मिलान र नापोलीको बराबरी खेल

दियो पोस्ट  

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोली र इन्टर एसी मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।आइतबार राति भएको खेलमा नापोली र मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

नापोलीको मैदानमा २० औं मिनेटमा थेओ हर्नान्डेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा जिओभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई २–१ को अग्रता दिलाए । तर, खेलको ७३ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई २–२ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको ८८ औं मिनेटमा मिलानका एलेक्सिसले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा मिलान अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । यो बराबरीसँगै छैटौं स्थानको नापोलीले ५२ अंक जोडेको छ । सातौं स्थानको मिलानको ५० अंक रहेको छ ।