बलात्कारको आरोप लागेपछि सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी फरार

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ३१ । सशस्त्र प्रहरीका एक अधिकारीमाथि बलात्कारको आरोप लागेको छ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कारको आरोप लागेको हो ।

उनिमाथि भरतपुर ठेगाना रहेकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उक्त महिलाले आफुलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन् ।

उजुरीपछि घटनाबारे अनुसन्धान गर्नका लागि प्रहरी पुगेको भएतापनी एसएसपी अधिकारी फेला नपरेको जनाएको छ । उजुरीपश्चात एसएसपी अधिकारी फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र फरार आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस