
काठमाडौँ, साउन १ । भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ । वल्डोमिटर्सका अनुसार बुधबार राति सम्म भारतमा ३२ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।
अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।