कोरोना संक्रमित फेरी बढे : २४ घण्टामा १६७ जना थपियो

दियोपोस्ट संवाददाता

काठमाडौँ, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्। यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुल संख्या ११ हजार २ सय ४९ पुगेको छ।

बिहीबारसम्म देशभरका क्वारेन्टिनमा २३ हजार ५०० जना रहेको र ६ हजार ५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालहरुमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

सम्बन्धित खबर

सिफारिस