एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।
बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले २५ गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना दोस्रो स्थानमा रहन सफल भयो ।
अवार्ड जित्ने क्रममा मेस्सीले च्याम्पियन टोलि रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ४ गोलले अघि रहे । बेन्जिमाले २१ गोल गरे ।
मेस्सीले सातौं पटक पिचिची ट्रफी जितेका हुन् ।