
काठमाडौं, साउन ५। शेयर बजारमा सोमबार पनि सकारात्मक सर्किट ब्रेक लागेको छ । नेप्से परिसुचक खुलेको केहि समयमा नै सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ ।
आइतबार पनि यसै गरि खुलेको केहि समयमा नै सकारात्मक सर्किट लागेको थियो भने केहि समय पछि खुलेको बजार ६ प्रतिशतले बढे पश्चात दिनभरकै लागि कारोबार बन्द भएको थियो ।
यस अवधीमा ६ करोड भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार अहिलेसम्म १ लाख ३६ हजार शेयरको ६ सय ८ पटक कारोबार भएको छ । हालसम्म १०६ कम्पनीको कारोबार भएको छ ।
सर्किट ब्रेक पश्चात खुलेको बजार ७४ अंकले बढिसकेको छ ।
सोमबारको अन्तिम नतिजा भने आउन बाँकी नै छ ।