काठमाडौँ, साउन ५ । राष्ट्र बैँकले मौद्रीक नीति जारि गरिसकेपछि एकाएक बढ्न थालेको शेयर बजार सोमबार भने घटेको छ । शुरुवातमा सकारात्मक सर्किट लागेर करिब २० मिनेट बन्द भएको शेयर बजार अन्तमा १४ अंकले घटेको छ ।
शर्किट ब्रेकको केही समयमा नै ७२ अंकले बढेको शेयर बजार दिउँसो ३ बजेसम्म आइपुग्दा १४ दशमलव ०९ अंकले घटेको हो । उतारचढाबका विच बन्द भएको बजारमा रू. २ अर्ब ८० करोड २२ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम भने असार १५ पछिको उच्च रकम रहेको छ ।
सोमवार १४ दशमलव शून्य ९ अंकले घटेको बजारमा १८१ कम्पनीको ३३ हजार ४३३ पटकको व्यापारमा ७० लाख १ हजार २५८ कित्ता शेयर कारोबार भएको छ । सोमवार कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा एनएमबी बैंकले ओगटेको छ । एनएमबि बैंकको सोमवार रू। २० करोड १४ लाख ९९ हजार बराबरको कारोबार भएको हो ।
एनएमबि पछि दोस्रोमा नेपाल पुनर्बीमा कम्नपीको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. १७ करोड ६३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो ।
यस दिन युनाइटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्य सबैभन्दा बढीले बृद्धि भएको छ । युनाइटेड फाइनान्सको ९ दशमलव ९४ प्रतिशत बृद्धि भई रू. १८८ , एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९० प्रतिशत बृद्धि भई रु ६८८ र स्पर्श लघुवित्तको ९ दशमलव ८० प्रतिशत बृद्धि भई १ हजार ८ कायम भएको छ ।