जातीय-बिभेद बिरुद्धको पहिलो तीज गीत ‘वर्षदिन बिते’को सार्वजनिक

जातीय-बिभेद बिरुद्धको पहिलो तीज गीत ‘वर्षदिन बिते’को सार्वजनिक

काठमाडौँ । हिन्दु नारीहरुको महान चाढ तीज नजिकिदैँछ । यस अबसरमा कलाकारहरु तीजका गीत रेकर्ड गर्न ब्यस्त छन् । तर, सामाजिक बिकृति र बिसंगतीलाई गीत मार्फत उजागर गरेको बिरलै भेटिन्छ । परम्परागत शैलिलाई पच्छ्याई रहेको तीज गीतले समाजको यथार्थ बोल्न नसकिरहेको अवस्थामा सीता रसाईली बिश्वकर्माले भने पृथक तरिकाको तीज गीत ‘वर्षदिन बितेको’ बजारमा ल्यएकी छिन् ।

अष्ट्रेलियामा रहेकी गायिका विश्वकर्माको तीज गीतको भिडियो हालै सार्वजनिक भएको छ । लोक शैलीमा आधारित उक्त गीतमा पोहोर सालको तीजमा स्वदेश फर्किन नपाएको र यसपालीको तीजमा पनि परदेशमै रहनु परेको वाध्यतालाई कलात्मक शैलिमा उजागर गरिएको छ ।

नेपालमा बिद्यमान जातीय बिभेद र यसको प्रभाबका कारण समाज बिखण्डन तिर गएको र यस्ता समाचारले आफुलाई परदेशमै पीडाको अनुभुती हुने गरेको प्रसंग पनि गीतमा सुन्न सकिन्न । गीतले समाजको यथार्य बोलेको प्रतित हुन्छ । सरल शब्द, मिठो लय र समाजको यथार्थलाई जस्ताको त्यस्तै प्रस्तुत गरिएका कारण गीतले स्रोता र दर्शकको मन जित्न सफल भएको छ ।

डा. मोम बिश्वकर्माको प्रस्तुति रहेको उक्त गीतमा बरिष्ठ संगीतकार तथा गायक बि.बि. अनुरागीको शब्द रचना तथा संगीत रहेको छ । गीतको भिडियोमा शंकर बि.सी.को निर्देशन र कोरियोग्राफी रहेको छ भने, अञ्जली अधिकारी, बन्दना नेपाल, उत्शा घिमिरे लगायतको नृत्य रहेको छ । भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा नविन घर्तिमगरको सम्पादन रहेको छ ।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आउनु भएकी सीता रसाइली बिश्वकर्मा अस्ट्रेलियन नेपलिज जोर्नालिस्ट एसोसिएसनका बर्तमान भाइस प्रेसिडेन्ट हुन् । उनको स्वरमा रहेको यो पहिलो गीत हो। गीतमार्फत जातीय बिभेद्को विरुद्धमा सन्देश प्रवाह गर्ने प्रयास गरिएको गायीका बिश्वकर्माले बताइन् ।

Trending News