नेइमारको गोल, पिएसजीलाई फ्रेञ्च कपको उपाधी !

दियो पोस्ट  

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।

पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो ।

३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो । केलियन एम्बाप्पेमाथि गरिएको खराब ट्याकलका कारण उनलाई रातो कार्ड देखाईएको थियो । पहिलो चोटमै चोट बोकेका एम्बाप्पे आँशु झार्दै मैदान छाडेका थिए ।

एम्बाप्पेको चोटले च्याम्पियन्स लिगमा अर्को महिना क्वार्टरफाईनलको खेलमा एटलान्टासंग खेल्न लागेको पीएसजीलाई चिन्ता थपेको छ । कोरोनाले फुटबल सिजन स्थगित भएपछि चार महिनापछि पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली फुटबल सुरु भएको हो ।

पीएसजीले गत सिजन पेनाल्टी सुटआउटमा फ्रेन्च कपको उपाधि उचालेको थियो ।