थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौं, साउन ११ । नेपालभर थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस