
Traffic is seen as number of vehicles increase in the street after government and private offices, banks and financial institutions have partially been opened during 77th day of nationwide lockdown imposed amid concerns over novel coronavirus outbreak in Kathmandu, on Monday, June 8, 2020. Photo: Naresh Shrestha/THT
मन्थली, साउन ११ । मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो । पाँच वर्षदेखि बाथरोगबाट पीडित उनी लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाएका थिएनन् ।
लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौँ जान सदरमुकाम मन्थली झरे । मन्थली त हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् । काठमाडौँ जाने साधन पाउन उनलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौँ जाने साधन खोजे तर कतै भेटेनन् । त्यो रात उनको मन्थलीमै बास भयो । भोलिल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेटियो । शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।
गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा रु दुई हजार ५०० भनेपछि म त छक्क परेंँ’’, उनले भने “कुल ५०० रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५०० भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो ।’’ भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । पाँच गुना बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उनी रातको १२ बजे काठमाडौँं पुगे ।
लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौंँ जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५०० देखि तीन हजरसम्म भाडा मागेपछि उनी पनि छक्क परे । गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा परेका उनी अन्तिममा टिकट नकाटी दुई हजार ५०० भाडा तिरेर काठमाडौंँ गए ।
यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौंको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहुँचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउँछन् । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।
बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गरे । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँं जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताइन् । उनले भनिन्, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ’, उनले भनिन् । रासस