ब्राजिलका राष्ट्रपति कोरोनामुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ११। ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारो कोरोनामुक्त भएका छन् । उनले सामाजिक संजालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

जुलाई ७ मा बोल्सेनारोले आफुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए र शनिबार उनले दिएको जानकारीअनुसार नतिजा नेगेटिभ आएको छ । यस अवधिमा उनी आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा थिए ।

६५ वर्षीय बोल्सेनारोले आफुले हाइड्रोक्लोरोक्विन औषधि लिइरहेको पनि जनाएका थिए । कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलमा उनको आलोचना हुने गरेको छ ।

सम्बन्धित खबर

सिफारिस