
काठमाडौँ, साउन १३ । पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार किलियन एम्बाप्पेले च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल गुमाउने भएका छन् । फ्रेञ्च लिगको फाइनल खेलमा घाइते भएका एम्बाप्पेले आगामी अगष्ट १२ मा एटलान्टाबिरुद्धको खेल गुमाउने छन् ।
२१ वर्षीय एमबाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।
विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एमबाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।
तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने बताईएको छ । पोर्चुगलको लिस्बनमा हुने च्याम्पियन्स लिगको फाइनल भने अगष्ट २३ मा हुनेछ ।