कोरोनाको इपिसेन्टर बन्दै भारतः एकैदिन ४६ हजार संक्रमित भेटिए, ६३६ को मृत्यु

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । पछिल्लो समय भारत कोरोना संक्रमणको इपिसेन्टर बन्दै गएको छ । दिनदिनै ठुलो संख्यामा कोरोना संक्रमित भेटिँदै जानुले भारत थप खतरामा रहेको स्पष्ट हुन्छ । बितेको २४ घण्टामा भारतमा ४६ हजार ४ सय ८४ जना कोरोना संक्रमित भेटिएको छ ।

केहि समय यता भारतमा लगातार ४५ हजार भन्दा माथिको संख्यामा संक्रमितहरु भेटिँदै गएको छ । सोमबार मात्रै भारतमा ६ सय ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म भारतका ३३ हजार ४ सय ४८ जनाले कोरोना संक्रमणबाट मृत्युवरण गरिसकेका छन् । संक्रमितको कुल संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । तिमध्य ९ लाख ५३ हजार १ सय ८९ जना डिस्चार्ज भइसकेका छन् ।

वर्ल्डोमिटरका अुनसार भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ९५ हजार ८६६ रहेका छन् । तीमध्य ८ हजार ९ सय ४४ जनाको अवस्था निकै गम्भिर रहेको छ ।

भारतमा पछिल्लो सयम कोरोनाको संक्रमण निकै तीब्र गतिमा फैलिएको देखिन्छ । विश्वमा सबैभन्दा बढी कोरोनाको प्रकोप फैलिएको देशमध्य तेस्रो स्थानमा भारत रहेको छ । अमेरिका पहिलो स्थानमा रहेको छ । ब्राजिलले तुलनात्मक रुपमा कोरोना नियन्त्रण गर्दै गएको तथ्यांकअनुसार देखिन्छ । संक्रमित र मृत्युको तथ्यांक अनुसार भारतमा अझै गम्भिर स्थिति आउन सक्ने देखिन्छ ।