
काठमाडौँ, १३ साउन । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहा नै नदिई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समुहले एकलौटी रुपमा स्थायी समिति बैठक स्थगित गरेको पाइएको छ ।
आज ११ बजेका लागि तय भएको स्थायी समितिको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले ट्वीट गरेका थिए ।
बैठक स्थगित भएको जानकारी दिने थापा पार्टीका प्रवक्ता भने होइनन् ।
यद्धपी प्रचण्डका सचिवालयले भने अध्यक्ष प्रचण्ड बैठकका लागि बालुवाटार जाने तयारीमा रहेको बताएको छ ।
स्थगित भएको विषयमा अध्यक्ष प्रचण्डको सचिवालयले कुनै जानकारी नपाएको जनाएको छ ।