काठमाडौँ, साउन १३ । आफुलाई पत्रकार भन्ने युट्युबर अर्जुन शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थाले । त्यसपछि घटना बाहिरिएको थियो ।
यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।
महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी परेको थियो ।