
चार दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो
काठमाडौँ, साउन १३ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार साउन ९ गते मृत्यु भएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको हो ।
बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ती पुरुषमा दमको समस्या थियो ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।