
काठमाडौं, साउन १४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन बुधबार घटेको छ ।
आज नेप्से २३ दशमलव ३६ अंकले घटेर १ हजार ४३१ दशमलव ५२ विन्दुमा कायम भएको हो नेप्सेका अनुसार आज एक अर्ब ६८ करोड बढीको कारोबार भएको छ ।
सबैभन्दा बढी जीवन बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ ।