भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

काठमाडौँ, साउन १६ । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनलाई बिहीबार साँझ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् ।

Trending News