हेडक्वार्टरका थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १६ । प्रहरी प्रधान कार्यलयमा कार्यरत थप २८ जना अधिकारीहरुलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसअघि देखिएका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा शुक्रबार थप २८ जनामा संक्रमण भएको पाइएको हो ।

योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले रातोपाटीलाई जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

शुक्रबार नै महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । उनिहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरि परिक्षणको तयारी गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस