
काठमाडौँ, साउन १६ । सुनको प्रतितोला मुल्य एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मुल्य ९९ हजार ३ सय पुगेको छ ।
बिहीबार ९८ हजार ८ सयमा कारोबार भइरहेको छापावाल सुनको मुल्यमा शुक्रबार ५ सयले बृद्दी भएको हो । महासंघका अनुसार तेजावी सुनको प्रतितोला मुल्य ९८ हजार ९ सय ६५ रहेको छ भने असली चाँदी १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
कोरोना संक्रमणपश्चात अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा तीब्र गतिमा बृद्धी भएपछि नेपालमा पनि मुल्य बढेको हो । सम्पुर्ण क्षेत्रको लगानी अस्थिर भएपश्चात व्यवसायीहरुले सुनमा लगानी गरेको कारण सुनको मुल्य बढेको बताइएको छ ।