
काठमाडौं, २९ असार । नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
एक नेताका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।