भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

दियो पोस्ट  

काठमाडौं, ३१ असार । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ ।

आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए । रासस