गौरादहमा एक महिला मृतावस्थामा फेला

दियो पोस्ट  

काठमाडौं, ३१ असार । गौरादह नगरपालिका–१ गेउरियाचोक नजिकै एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतवस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

फरार भएका मृतककी श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस