कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या

कोहलपुरमा ८२ वर्षीया वृद्धाको हत्या

काठमाडौं, ३ साउन । छ । बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका एक वृद्धाको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकता नगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेको जानकारी दिए ।

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए ।

अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए । रासस

Trending News