छोराको कुटाइबाट ८५ वर्षीय बाबुको मृत्यु

diyopost.com
दियो पोस्ट  सोमबार, साउन ११, २०७८ | १९:००:०२

काठमाडौं, ११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।

यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । रासस

सम्बन्धित खबर