गुल्मीको मुसिकोटमा जिप दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

diyopost.com
दियो पोस्ट  बुधबार, साउन १३, २०७८ | १६:०९:४६

काठमाडौं, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका, ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन ल्याइँदैछ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

सम्बन्धित खबर