काठमाडौं, १५ साउन । गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ ।
सोमबार विहान घरबाटै हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो । बालिका पिता वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।
बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । रासस