एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभा बैठक बहिस्कार गरेका छन् । शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट पारित भएको ‘आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानबिन समिति बनाउन एमालेले माग गर्दै आएको छ।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको बताइएको छ ।