काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ। सो अवधिमा २० जना कोरोनासंक्रमण मुक्त भएका छन्, भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।