“सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण

diyopost.com
दियो पोस्ट  आइतबार, साउन २२, २०७९ | ११:२०:०९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृती लोकार्पण गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मन्त्री अथकले उक्त कृती बिमोचन गर्नुभएको हो । कृती बिमोचन गर्दै मन्त्री अथकले सिंहले नेपाली खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको चर्चा गरेका छन् । नेपाली खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएका सिंहको ब्यक्तित्वबाट नयाँ पुस्ताका खेलाडीहरुलाई प्रेरणा मिल्ने उल्लेख गर्दै मन्त्री अथकले अग्रजलाई सम्मान र नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताए । खेल क्षेत्रमा आफ्नो मुल्यवान जीवन बिताएका अग्रज खेलाडीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले सिंहको सम्मानकालागि छुट्टै कोष स्थापना गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

सिंहकी श्रीमती पद्मावती सिंहले उक्त कृती प्रकाशन गर्नुभएको हो । कृती बिमोचन कार्यक्रममा सिंहका समकालीन खेलाडी, साहित्यकार तथा सुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर