बेइजिङमा बाढी : २० जनाको मृत्यु, २७ बेपत्ता

दियो पोस्ट  

काठमाडौं । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले बाढी र डुबान भएको छ। डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो।

अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्।

भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो । अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिले पनि परेको थिए ।