सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

दियो पोस्ट  

काठमाडौं । भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ।

यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ।

गान्धीलाई मानहानी मुद्दामा २ वर्ष सजाय सुनाइएको थियो। यससँगै गान्धी लोक सभा सांसदका लागि पनि अयोग्य भएका थिए।

TATA ADD