भारतले प्याजमा कर लगाउनेबित्तिकै नेपालमा कालोबजारी !

शनिबार होलसेलमा प्रतिकिलो ६० देखि ६५ र खुद्रामा ७० देखि ७५ रुपैयाँ रहेको प्याजको मूल्य आइतबार ८० रुपैयाँ

दियो पोस्ट  

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो । तर नेपालमा बिचौलियाले मूल्य बढाउन थालिसकेका छन् । कृत्रिम अभाव र कालोबजारी गर्ने तत्व सलबलाउन थालेको सरोकारवाला बताउँछन् । भारतबाट आयात नै नगरिकन प्याज मूल्यसमेत व्यापारीले बढाएका छन् ।

‘शनिबार होलसेलमा प्याजको मूल्य प्रतिकिलो ६० देखि ६५ रुपैयाँ थियो, खुद्रा मूल्य ७० देखि ७५ रुपैयाँ चलेको थियो । आइतबार होलसेलमा खरिद मूल्य ८० रुपैयाँ परको छ, खुद्रामा बिक्रि गर्दा ९० देखि एक सय रुपैयाँ पुगेको छ,’ एक खुद्रा व्यापारीले भने, ‘मूल्य किन बढ्यो, जानकार छैनौं । होलसेलमा बढेपछि हामीले पनि बढाएका छौं । कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिको तथ्यांक हेर्दा व्याजको मूल्य ३ दिनदेखि स्थिर छ । समितिले आइतबार प्रतिकिलो ६० देखि ६२ रुपैयाँ तोकेको छ । व्यापारीले भने मनोमानी रुपमा मूल्य बढाउन थालेका हुन् ।

‘स्वदेशमा उत्पादन प्रयाप्त नहुँदा कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि कर लागू गरे पनि शनिबार भन्सार बन्द भएकोले आइतबार त्यति आएन,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘ अबको दुई–तीन दिनमा मूल्य सामान्य बढ्छ ।’ समितिमा भित्रिने तरकारीले उपत्यकाको करिब ६० देखि ७० प्रतिशत माग धान्छ । कालीमाटीमा दैनिक औसत १०० टन भित्रिएको छ । आइतबार करिब ४० टन भित्रिएको ह । आइतबार कम परिमाणम भित्रिए पनि व्यापारीहरुसँग व्याज मौज्दात नै छ । तर, भारतले निर्यात कर लगाएको चर्चासँगै यहाँ तत्काल मूल्यवृद्धि गरेर कालोबजारी गरिएको छ ।

भारतले अपनाएको कर नीतिले नेपालमा महँगी बढाए पनि आजको भोलि मूल्य बढ्नु गलत भउको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । भारतले प्याजमा लगाएको कर नीतिले नजिकिदै गरेका चाडबार्डलाई प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ । बजारमा देखिने यस्ता तत्व र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न निर्यामक निकाय तत्काल सक्रिय हुनुर्पे उनले बताए ।

आजको कान्तिपुर दैनिक पत्रिकामा खबर छ ।

TATA ADD

सिफारिस