एक महिनामै पाँच हजार कालोसूचीमा

अहिलेको अवस्थामा सुधार नआए यो वर्ष ५० देखि ६० हजार जना कालोसूचीमा पर्ने सम्भावना देखिन्छ ।

दियो पोस्ट  

काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नै करिब पाँच हजार बैंक तथा वित्तिय संस्थाको कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार साउनमा ४ हजार ९०१ जना कालो सूचीमा परेका हुन् ।

यही हिसाबले कालो सूचीमा पर्दैैै गए यो वर्ष ५० देखि ६० हजार पुग्ने केन्द्रका प्रवक्ता विजय कुँवरले बताए । अर्थतन्त्रमा आएको सुस्तताका कारण समयमा कर्जा तिर्न नसक्दा कालोसूचीमा पर्नेको सख्ंया बढेको हो । साउनमा कुनै दिन पाँचसय भन्दा बढी कालोसूचीमा परेको विवरण केन्द्रले दिएको छ । समयमा नै कर्जा भुत्तानी नगर्ने ऋणीलाई बैक तथा वित्तीय संस्थाको सिफारिसमा कालोसूचीमा राखिन्छ । ऋणीलाई पटक–पटक कर्जा भुत्तानीको लागि ताकेता गर्दा अटेर गरेको र कतिपय सम्पर्कमा नआएका ऋणीलाई समेत कालोसूचीमा राखेको केन्द्रले जनाएको छ । कालो सूचीमा राख्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सिफारिस गर्नुपर्छ ।

केन्द्रका अनुसार पछिल्ला केही वर्ष कालोसूचीमा पर्नेको संख्या बढ्दो क्रममा छ । गत आवको अन्तिम महिना ९ असारमा मात्रै ४ हजार ३८७ जना कालोसूचीमा परेका थिए । गत आवको हरेक महिना कालोसूचीमा पर्नेको संख्या बढिरहेको केन्द्रका प्रवक्ता कुँवरले जानकारी दिए । उनले भने,‘ पछिल्लो समय वर्षमा कालोसूचिमा पर्नेको संख्या दोब्बरभन्दा बढीको हाराहारीमा बढेको देखिन्छ ।’ आव २०७९–८० मा कालोसूचीमा ३४ हजारको हाराहारीमा थपिएका छन् । जबकि अबको २०७८–७९ मा यो संख्या ५ हजार थियो । कालोसूचीमा राख्नका लागि दैनिक औषत एक सय निवेदन आउने गरेकोमा अहिले लगभग दोब्बर छ । ‘अधिकतम चार सयसम्म पनि कालोसूचीमा राख्ने निवेदन परेका छन्,’उनले भने । कालोसूचीमा पर्ने मध्य चेक बाउन्सका बढी छन् । ‘७० प्रतिशतजति चेक बाउन्सका कारण कालो सूचीमा परेका छन् भने बाँकी ३० प्रतिशत ऋण नतिरेका छन्,’ प्रवक्ता कुँवरले भने ।

चेक बाउन्सका न्युनतम दुई हजार पाँच सय देखि करोडौं रुपैयाँसम्मका छन् । पछिल्लो समय ज्वाइन्ट भेन्चर कम्पनी तथा निमार्ण व्यवसायी बढीजसो कालोसूचीमा परेका छन् । उद्योग–व्यवसायीदेखि सामान्य नागरिकसमेत कालोसूचीमा पर्ने गरेको बैंक तथा विक्तीय संस्थाले जारी गरेको कालोसूचीसम्बन्धी सूचनामा देखिन्छ ।

आजको कारोबार पत्रिकामा खबर छ ।

TATA ADD

सिफारिस