६ अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

Anisha kc  

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा खुद प्रत्यक्ष वैेदेशिक लगानी करिब ६ अर्ब रुपैयाँ भित्रिएको छ । यो करिब एक दशकयताकै सबै भन्दा कम रकम हो ।

उद्योग विभागका अनुसार गत आवमा विदेशी लगानी ३२७ परियोजनाकालागि ३३ अर्ब ३९ करोड लगानी स्वीकृत गरिएको थियो । यसमध्ये ५ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्ष खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड आएको थियो ।

यस्तै, विदेशी लगानी कर्ताले गरेको प्रतिवद्धताको तुलनामा यो वर्ष १७.८४ प्रतिशतमात्र लगानी भित्रिएको छ । लगानी प्रतिवद्धना र खुद प्रत्यक्ष वैदेशिक लगानी बीचको अन्तर गत आर्थिक वर्षमा थप बढेको छ ।

अघिल्लो वर्ष (२०७८–७९)मा प्रतिवद्धताको ३४.२७ प्रतिशत लगानी भित्रिएको थियो । त्यस आवमा विभागमार्फत ५४ अर्ब १५ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएकाम १८ अब ५६ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

गत आवको खुद प्रत्यक्ष वैदेशिक लगानी पछिल्लो आठ वर्षयताकै कम हो भने लगानी प्रतिवद्धताको तुलनामा न्युन लगानि भित्रिएको दशकयताकै कम हो । यसअघि आव २०७२–७३ मा प्रत्यक्ष वैदेशिक लगानी शीर्षकमा ५ अर्ब ९२ करोड भित्रिएको तथ्यांक छ । सो आवमा लगानी प्रतिवद्धता भने १५ अर्ब २५ करोडमात्र थियो ।

यस्तो, आव २०७५–७६ मा १३ अर्ब ७ करोड वैदेशिक लगानी भित्रिएको थियो भने सोभन्दा अघिल्लो आव २०७४ –७५ मा खुद प्रत्यक्ष वैदेशिक लगानी शीर्षकमा १७ अर्ब ५१ करोड भित्रिएको केन्द्रीय बैंकको तथ्यांक छ । आव २०७३–७४ मा पनि प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १३ अर्ब ५० करोड रहेको तथ्यांक छ ।

सरकारले लगानी खस्कँदो वातावरण सुधार गर्न मुलुकको कन्ट्री क्रेडिट रेटिङ गर्ने प्रक्रिया अगाडि बढाइने प्रतिवद्धता जनाएको छ भने विदेशी लगानीकर्ताका लागि विदेशी विनियम जोखिम न्यूनीकरण गर्न हेजिङ गर्ने संस्था तोकी हेजिङ सेवा उपलब्ध गराइने उल्लेख गरेको छ । चालु आवको बजेटमा विदेशी लगानीको सुरक्षाको प्रत्याभूति दिइने तथा विदेशी लगानीकर्ताले लाभांश विmर्ता लैजाने प्रक्रियालाई सरलीकृत गरिने उल्लेख छ । वैदेशिक लगानी आप्रवाह हुन सक्ने मुलुक पहिचान गरी द्धिपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्भौता र दोहोरो कर मुक्ति सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भनिएको छ ।

आजको कारोबार पत्रिकामा खबर छ ।

सम्बन्धित खबर